काठमाडौं,जेठ ९ । सरकारले पूर्वराष्ट्रपतिको घरभाडा, पानी र बिजुलीको बिल तिर्ने जिम्मेवारी राष्ट्रपति कार्यालयलाई दिएको छ । गत २६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिको यस्तो महसुल तिर्न राष्ट्रपति कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारले राष्ट्रपति कार्यालयजस्तो सम्मानीत निकायलाई पूर्वराष्ट्रपतिले प्रयोग गरेको सुविधाको भाडा तिर्नेजस्तो काम लगाएको छ । यसको लागि अर्थमन्त्रालयले राष्ट्रपतिको कार्यालयलाई रकम निकासा दिने र राष्ट्रपति कार्यालयले यस्तो पैसा सम्बन्धित निकायबाट लगेर बुझाउनुपर्ने भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
No comments:
Post a Comment