Monday, May 2, 2016

सर्वोच्चको आदेशपछि कनकमणि दीक्षित थुनामुक्त

काठमाडौं,बैशाख २० । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ ।अख्तियारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै दीक्षितकी पत्नीले गत बुधबार सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेश अनुसार उनी अख्तियारको हिरासतबाट मुक्त भएका छन् ।

अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्न भन्दै १० गते पक्राउ गरेको थियो । १२ गते विशेष अदालतले पक्राउ गरेको मितिले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।तर पक्राउ परेको भोलिपल्ट वैशाख ११ गते विरामी परेपछि दीक्षित वीर अस्पतालमा भर्ना हुनु भएको थियो ।
दीक्षितले भने अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्तिगत रिसइवीको कारण आफूलाई झुटो आरोप लगाएर पक्राउ गरेको बताउँदै आउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts