काठमाडौं,जेठ १० । आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिबेशन सकिएको लामो समय बित्दा पनि केन्द्रिय समितिलाई पूर्णता दिन सकेका छैनन । पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको छ । उपसभापति, महामन्त्री सहमहामन्त्रीमा आफू निकटकै झण्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि देउवा अप्ठेरोमा परेका हुन ।
पार्टी पदाधीकारीमा मनोनयनका लागि निकट नेता बिच जुटाउने उनको कसरत अझै पुगेको छैन । उप सभापति पदमा मात्रै देउवा निकट विमेन्द्र निधी, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन् । देउवा नेता निधिलाई उपसभापति प्रस्ताव गर्ने पक्षमा रहेको दबी गर्दै निकट एक नेताले उनी समय लम्ब्याएर भए पनि आन्तरिक समीकरण मिलाउन लागिपरेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment