Thursday, May 5, 2016

नेपालको राजनीतिक घटनाक्रम नजिकबाट हेरिरहेका छौं: भारत

काठमाडौं,बैशाख २४ । छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ । नेपालमा सरकार परिवर्तनबारे भइरहेकेा कसरतबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार पत्रकारसँग भने, ‘यो नेपालको आन्तरिक मामला हो । मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । तर नेपालको निकट मित्र भएकाले हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं ।’ आजको अन्नपूर्णमा समाचार छ ।

एनेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनेबारे बुधबार कांग्रेस र एमाओवादीबीच नयाँ सत्ता गठबन्धनको समझदारी भए पनि नाटकीय रुपमा बिहीबार सरकार परिवर्तनको विषयबाट एमाओवादी पछि हटेको सन्दर्भमा भारतीय पत्रकारले राखेको प्रश्नमा प्रवक्ता स्वरुपले त्यस्तो बताएका हुन् ।

उनले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्नत्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने विषयमा कुनै तयारी नरहेको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts