Wednesday, May 11, 2016

मेस्सीलाई पछि पार्दै रोनाल्यो बने सबैभन्दा धेरै कमाउने फुटबलर

एजेन्सी,बैशाख ३० । विश्व फुटबलको क्षेत्रमा लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानोे रोनाल्यो सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् । अमेरिकाबाट प्रकाशित पत्रिका फोर्ब्सले विश्वका धेरै कमाउने फुटबलरहरुको सूची सार्वजनिक गरेको छ । जसमा रोनाल्डो शीर्ष स्थानमा छन् । मेस्सी दोस्रो स्थानमा छन् ।

मेस्सीको कमाइ ७७ मिलियन डलर छ । जसमध्ये ५०.५ मिलियन डलर तलब र बोनस रहेको फोब्र्सले जनाएको छ । पत्रिकाका अनुसार रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको कमाइ ८२ मिलियन डलर छ । जसमा ५३.३ मिलियन डलर तलब र बोनसबाट आउँछ । सर्वाधिक कमाउने फुटबलहरुको सूचीको तेस्रो स्थानमा जाल्टन इब्राहिमाभिच, चौथो स्थानमा नेयमार र पाँचौं स्थानमा ग्यारेथ बल छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts