Saturday, May 14, 2016

स्वारेजलाई गोल्डेन बुट र पिचिचि अवार्ड

एजेन्सी,जेठ २ । बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा ग्रानाडाविरुद्ध हृयाट्रिक बार्सिलोनाका स्टाइकर लुइस स्वारेजले गोल्डेन बुट र पिचिचि अवार्ड पाउने भएका छन् । क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै स्वारेजले स्पेनिस ला लिगाको गोल्डेन बुट जित्ने भएका हुन् । ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो।

ग्रानाडाविरुद्ध हृयाट्रिकसँर्गै उनको ला लिगामा यो सिजन ४० गोल पुरा भएको छ। पछिल्ला ५ खेलबाट १४ गोल गरेका उनले गत वर्षका टप स्कोरर रियल मड्रिडका रोनाल्डोलाई पाँच गोलले पछि पारे।
बार्सिलोनाका मेस्सीले यो सिजन ला लिगामा २६ गोल गरेका छन् । उरुग्वेकका स्वारेजले यो सिजन ला लिगामा ३५ खेल खेले भने यो सिजन सबै प्रतियोगितामा गरेर ५२ खेलमा ६० गोल गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts