Tuesday, May 17, 2016

सिहंदरवार र बालुवाटार घेराउपछि संघीय गठबन्धन आज रत्नपार्कमा

कठमाडौं,जेठ ५ । संघीय गठबन्धनले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ गरेको छ ।  बालुवाटार पुग्ने वेला केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता भाटभटेनीबाट जुलुससहित बालुवाटारतर्फ लागेका थिए । सुरुमै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर झडप भएको थियो । झडपमा करिब २० कार्यकर्ता घाइते भएको गठबन्धनका नेता मनीष सुमनले बताए ।

प्रदर्शनकारीले निषेधित क्षेत्र लेखिएको प्रहरीको काँडेतारको बारलाई फाल्नुका साथै प्रहरीमाथि लाठी प्रहार गरेका थिए । प्रदर्शनकारीको प्रहारबाट असइ रवीन्द्र दुलालको औँला भाँच्चिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।
आज आमसभा, २९ दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा दिउँसो आमसभा गर्दै छ । आमसभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्नेछन् ।
समीक्षा बैठक बस्दै
काठमाडौंकेन्द्रित आन्दोलनको समीक्षा गर्न २९ दलीय संघीय गठबन्धनको मूल समिति बैठक मंगलबार बिहान ८ बजे बस्दै छ । संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रमबारे पनि छलफल गर्नेछ ।

गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार रत्नपार्ककेन्द्रित आन्दोलन, रिले अनशनलगायत कार्यक्रमबारे छलफल भइरहेको छ । तर, तत्काल कडा प्रकृतिको आन्दोलनको कार्यक्रम भने सार्वजनिक नगरिने नेताहरूको भनाइ छ

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts