Thursday, May 12, 2016

बोर्डिङका पाठ्यपुस्तकमा मनपरी मूल्य

काठमाडौं,बैशाख ३१ । सरकारले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्य नबढाउन निर्देशन दिएको तीन साता नबित्दै प्रकाशकले मनपरी मूल्य राखेर पुस्तक बिक्री गरिरहेको फेला परेको छ । पुस्तक प्रकाशकले जथाभावी मूल्य बढाएपछि सरकारले निर्धारित मूल्यमा बिक्री गर्न निर्देशन दिएको थियो ।

अनुगमन फितलो हुँदा मूल्य नढाउन निर्देशन दिएपनि अभिभावकहरु तोकिएको भन्दा दोब्बरसम्म पैसा तिर्न बाध्य भइरहेको छन् । पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय र निजी पुस्तक व्यवसायीसँग छलफल गरी वैशाख १३ गते सार्वजनिक सूचना जारी गरेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts