Tuesday, May 17, 2016

दाइजोको निहुँमा बिहे भाँड्ने बेहुला र उनका बुबा फरार

वीरगन्ज,जेठ ५ । दाइजोमा जग्गा नपाएको विषयलाई लिएर बिहे भाँड्ने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन् । पर्साको महुवन गाविस ३ का हरिशंकर साह र उनका बुबा गणेश साह फरार भएका हुन् । पर्साकै लखनपुर(४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका हुन् ।

पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बेहुला पक्षका बाबु र छोरा दुवैले घर छाडेको बताए। उनले भने, ‘उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेका छौ ।’ जग्गामा दाइजो नपाएको निहुँमै बिहे भाँडेर धोका दिएको भन्दै बेहुलीका बुबा मथूराले बेहुला र उनका बुबा दुवैविरुद्व कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका हुन् ।

यता, घटनाका बारेमा जानकारी पाएपछि पीडित पक्षलाइ मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर उजुरी लिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। उपरीक्षक श्रेष्ठले भने, ‘पीडित पक्षको गुनासो सुन्यौ, त्यसपछि उजुरी लिने काम भयो, पीडकलाई पक्रन हामीले प्रहरी परिचालन गरिसकेका छौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts