Tuesday, May 17, 2016

सम्भावना देखिएको सुनखानी खोजतलासमा रोक

जाजरकोट,जेठ ५ । जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा अनुमतिविना सुन खानीको खोजतलास गरिरहेको भन्दै कम्पनीलाई स्थानीय प्रशासनले काममा रोक लागएको छ । धरान–७ सुनसरीका वेगप्रसाद अर्यालको नामको खोजतलास अनुमतिपत्रका आधारमा काम गरिरहेका चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समइा आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाइएको हो।

शुरुमा खोजतलासको अनुमति छ भनेर स्थानीय प्रशासनलाई भुक्याएका चिनियाँ नागरिकहरुले गलत कुरा गरेपछि कागजात हेर्दा आव २०७१/७२ सम्म मात्र नवीकरण भएकोले काममा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

नवीकरण पत्र एक दुई दिनमै ल्याउँछौ भन्दै लामो समयसम्म पनि नल्याएको हुँदा काममा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts