Sunday, May 22, 2016

कृषि मन्त्री भन्छन् -‘भूमि सुधारलाई पर्खेर बसे कृषि क्षेत्रको विकास पछाडी पर्छ’

काठमाडौं,जेठ ९ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले भूमि सुधारलाई पर्खेर बसे कृषि क्षेत्रको विकास पछाडी पर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिसुधार सम्बन्धमा २०५१ सालयता बनेका आयोगहरुले दिएका प्रतिवेदनहरु दराजमा थन्किएर बसेको अवस्थामा भूमिसुधार होला भनेर विश्वास गर्न नसकिने बताए ।

आयोगहरुले दिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेपनि कृषकहरुलाई दिइने सुविधा बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको जानाकारी दिए । कार्यक्रममा उनले कृषकहरुलाई दिइने सुविधा सम्बन्धी भने प्रष्ट पारेनन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts