Wednesday, May 4, 2016

गोलको उपहार पाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी,बैशाख २३ । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको दोस्रो लेगका खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान बनाएको हो । रियल आत्मघाती गोलको उपहार पाउँदै एथ्लेटिको मड्रिडसँगको भेट पक्का गरेको हो।

रियलको जितमा २० औं मिनेटमा म्यानचेस्टर सिटीका फर्नान्डोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । एथ्लेटिको मड्रिड सेमिफाइनलमा जर्मन क्लब बार्यन म्युनिखलाई हराएर फाइनलमा पुगिसकेको छ । यसअघि सन् २०१४ मा पनि रियल मड्रिड र एथ्लेटिको मड्रिड नै च्याम्पियन्स लिगको फाइनलमा पुगेका थिए । त्यसबेला रियल मड्रिडले एथ्लेटिकोलाई ४–१ ले हराएर उपाधि जितेको थियो । उपाधि भिडन्त जेठ १६ गते मे २८ मा इटालीको मिलानमा हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts