Sunday, May 22, 2016

माओवादी केन्द्रको बैठकमा बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद

काठमाडौं,जेठ ९ । नेकपा माओवादीका केन्द्रको बैठक केहीबेर बसेर स्थगित भएको छ । आइतवार बसेको महाधिवेशन आयोजक समिति वैठकमा प्रचण्डले कार्यविभाजनका दुई विकल्प अगाडि सारेका छन् । पार्टीको राजनीतिक कार्यदिशा, संगठनात्मक विभाजन तथा जिम्मेवारी र महाधिवेशन आयोजक समितिमा रहने केन्द्रीय सदस्यबारे निर्णय लिन आइतबार बोलाइएको बैठक बोलाईएको थियो

बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव तथा संगठनात्मक जिम्मेवारीबारे बोलेपछि बैठक स्थगित भएको हो । सोमबार १ बजे पुनः बैठक बस्ने जानकारी माओवादी केन्द्रका नेताहरुले दिएका छन् । माओवादी केन्द्रभित्र एकपदीयमा जाने वा बहुपदीयमा जाने भन्ने विषयमा फरक–फरक मत छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाएर जाने प्रचण्डको पहिलो विकल्प छ । प्रदेश तहका इन्चार्जदेखि अन्यको सम्म पद विभाजनको विषय यो विकल्पमा परेको छ ।

माओवादी केन्द्रमा पार्टी एकता भएसँगै पदको लफडा सुरु भएको छ । प्रचण्डपछिको दोस्रो नेता रामबहादुर थापा वादललाई बनाउने कि नारायणकाजी श्रेष्ठलाई बनाउने भन्नेमा कुरापनि मिल्न सकेको छैन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts