Thursday, May 5, 2016

‘संविधानमा अड्को थापेर नबसौं,संविधान पुनर्लेखन हुनै सक्दैन’-प्रधानमन्त्रीको

काठमाडौं,बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुप्रतिक्षित संविधान सभाले बनाएको संविधान पुर्नलेखन हुन नसक्ने बताएका छन्। बिहीबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव संविधान पुनर्लेखन गर्नु पर्ने माग नै नउठाउन आग्रह गर्दै निकै लामो मेहनत, छलफल र धेरै वर्षको कसरतले बनाएको संविधान पुनर्लेखन नहुने बताएका हुन् ।

उनल भने “म विनम्र आग्रह गर्छु अनावश्यक राजनीति नगर्नुस् संविधान पुनर्लेखन हुनै सक्दैन, संसोधन हुन सक्छ” । महिला, अल्पसंख्यकलगायत वञ्चितिकरणमा परेका सबैलाई अधिकार सम्पन्न गराउने व्यवस्था संविधान छ। धारा १६ देखि ४६ सम्मका ३१ ओटा धारा मौलिक हकमा समर्पित छ। सामाजिक न्यायमा समानताको प्रत्याभूति गरिएको छ। वैवाहिक अंगिकृत नागरिकता पाउने अधिकार प्रत्याभूत गरिएको छ। सहमतिका साथ नै समस्यालाई समाधान गर्ने हो भने अड्को थापेर नबसौं।

ओलीले आगामी बैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने र संविधानले तोकेकै दिन बजेट प्रस्तुत हुने जानकारी पनि दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts