Saturday, May 21, 2016

प्रचण्डको छोरी र कान्छी बुहारीपनि माओवादी केन्द्रको केन्द्रीय सदस्य

काठमाडौं,जेठ ८ । युद्धकालिन सहयात्री रामबहादुर थापा ‘बादल’ , मणि थापा र मात्रिका यादवलगायतसँग पार्टीएकता गरेसँगै नेकपा (माओवादी केन्द्र) को अध्यक्ष बनेका प्रचण्डले आफ्नी कान्छी बुहारीलाई केन्द्रिय सदस्य (महाधिवेशन आयोजक समिति सदस्य) बनाएका छन् ।

दोस्रो संविधानसभाको चुनावमा कंचनपुरबाट चुनाव लडेकी कान्छी बुहारी बिना मगरलाई उनले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य बनाएका हुन् । मगर यसअघि सरस्वती क्याम्पसको स्ववियु सभापती र एमाओवादीको पुर्व क्षेत्रिय ब्युरो सदस्य थिइन् ।

एकतापछि निर्माण भएको नयाँ पार्टी ‘नेकपा(माओवादी केन्द्र’ को यसै बर्षको अन्तमा महाधिवेशन गरिसक्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई समेत महाधिवेशन आयोजक समिति सदस्य बनाएको बताईएको छ । एकता सँगै महाधिवेशन आयोजक समितिको संख्या ६९९ पुगेको छ ।

– www.ratopati.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts