Wednesday, May 25, 2016

प्रवासी नेपाली मंच जर्मनीको चौथो राष्ट्रिय सम्मेलन संपन्न, निर्बिरोध कार्यसमिती चयन ।

प्रवासी नेपाली मंच जर्मनीको चौथो राष्ट्रिय सम्मेलन मे २१ तारिख २०१६ शनिवारका दिन जर्मनीको ऐतिहासिक तथा सुन्दर शहर म्युनिखमा भव्यताका साथ चद्रकान्त आचार्य (रामचन्द्र) लाई अध्यक्षमा मा सर्ब सम्मति ले चयन गर्दै सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदश्य तथा युरोप इन्चार्ज रामकुमारी झाँक्रीको प्रमुख आथित्य तथा एनआरएनए ग्लोबलका उपाध्यक्ष कुमार पन्तको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनले उपाध्यक्षहरु क्रमशः रण बहादुर बिश्वकर्मा, कुम्भराज रेग्मी, महासचिव डा. यज्ञ अधिकारी, सचिव राजेश सुनार ,

कोषाध्यक्ष काजी योल्मो, सदस्यहरुमा , लक्ष्मी अधिकारी, लक्ष्मी न्यौपाने, बन्चना भट्ट, ज्योति अर्याल, कृष्ण प्रसाईं, महेंद्र धिताल, युवराज अधिकारी, रूद्र के सी,चन्द्रकुमार खड्का, प्रेम सिंह, सूर्य गिरी, नारायण सापकोटा र अनिल बानियाँ लाई सर्ब सम्मतिमा चयन गरेको छ । कार्यक्रम मा प्रवासी नेपाली मंच बेल्जियमका युरोप प्रतिनिधि नारायण अधिकारी, अध्यक्ष बोधराज पौडेल , पूर्व अध्यक्ष शीव वरुवाल, प्रवासी नेपाली मंच स्विजरल्याण्डका संस्थापक अध्यक्ष सुबास पोख्रेल, प्रवासी नेपाली मंच जर्मनीको निवर्तमान यूरोप प्रतिनिधि भोजराज त्रिपाठी, संस्थापक अध्यक्ष सन्तोष भट्टराई, तथा हिमालयन परिवार म्युनिखका अध्यक्ष हरिवहादुर न्यौपानेले अधिवेशनको सफलता को कामना गर्दै मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम मा स्थानीय नेपाली कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए। साथै यूरोप प्रतिनिधिको लागि नयाँ कमिटीको बैठकले यूरोप इन्चार्जको सूचनामा एक प्रतिनिधि चयन गरेर पठाउने सो बन्द शत्रको बैठकबाट पारित गरेको छ । प्रवासी नेपाली मंच जर्मनीका चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटिका संयोजक रण बहादुर बिश्वकर्माको सभपतित्व तथा डा. यज्ञ अधिकारी स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रम को संचालन खड्ग न्यौपाने ले गर्नु भएको थियो।

सम्मेलनको लागि अहोरात्र सबै पक्षमा सहयोग गर्नुहुने व्यवस्थापन समितिका जिम्मेवार सदश्यहरुलाई कमिटीले हार्दिक धन्यवाद ज्ञापन गरेकोछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts