Monday, May 2, 2016

संसदको दोस्रो अधिवेशन राष्ट्रपतिको पत्र पढेर स्थगित

काठमाडौं,बैशाख २१ । संसदको बजेट अधिवेशन आजदेखि सुरुभएपनि भोलि बिहान ११ बजे पुनः बस्नेगरी स्थगन गरिएको छ। मंगलबार बसेको ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन राष्ट्रपतिको पत्र पढेर स्थगित गरिएको हो । ब्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले पठाएको पत्र पढेर भोलि बिहान ११ बजे पुनः बस्नेगरी स्थगन गरिएको छ। बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्ष २०७३–७४ को बजेट प्रस्तुत हुने भनिएको थियो।

पूर्वबजेटका रुपमा समेत उक्त छलफलाई लिइन्छ । उक्त छलफल सकिएपछि सदनमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्याक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रस्तुत नीति तथा कार्याक्रममाथि दफावार छलफल हुनेछ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गतेभित्र सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले यस अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts