Tuesday, May 24, 2016

राहदानी अब एकै दिनमा !

काठमाडौं,जेठ १२ । मेसिन रिडेबल पार्सपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ। राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ।
सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो। विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ।

‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, द्रुत सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’ विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,’ सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो। आजको नेपाल समाचार पत्रमा समाचार छापिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts