Tuesday, May 24, 2016

श्रीमान,सासु र ससुराको यातना खप्न नसकेर दुई छोरीको हत्या

बारा,जेठ १२ । श्रीमान,सासु र ससुराको यातना खप्न नसकेर बारामा एक आमाले आफ्नै नाबालिका दुई छोरीको हत्या गरेकी छिन् । श्रीमान् तथा सासु ससुराले मानसिक यातना खप्न नसरको घर छाडेर हिँडेकी बारा कलैयाकी २२ वर्षकी सबिता देवीले छोरीहरु चार वर्षकी काजल र साढे दुई वर्षकी अनिताको हत्या गरेकी हुन् ।

उनले मंगलबार बेलुका वीरगञ्ज उपमहानरपालिक–१८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदीको पानीमा डुबाएर दुई छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । छोरीको हत्या गरेपछि सबिताले आत्महत्याको प्रयास गरेकी थिइन् । तर गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेको बताइएको छ । उनले आफ्ना दुई बच्चालाई पोखरीमा डुबाएर हत्या गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

सबिता देवीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ ।घरमा श्रीमान र सासु ससुराले मानसिक यातना दिएपछि झगडा गरेर सोमबार सबिता दुई छोरीलाई लिएर वीरगञ्ज–१५ मुर्लीमा रहेको दिदीको घर पुगेकी थिइन् । घरमा श्रीमान र सासु ससुराले छोरीहरुकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिँदै आएकाले आफूले घर छाडेर हिँडेको उनको पक्राउ परेकी सविताले प्रहरी समक्ष बयान दिएकी छन् । उनले पारिवारिक यातनाकै कारण छोरीको हत्या गरेको र आफू आत्महत्या गर्न लागेको बताएकी छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts