Wednesday, May 25, 2016

वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै सार्वजनिक यातायात बन्द

कठमाडौं,जेठ १३ । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर व्यवसायीले आज सार्वजनिक यातायात बन्द गरेका छन् । आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन सडकमा कुदिरहेका छन्।

गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि त्यसको बेवास्ता गर्दै यातायात बन्दको घोषणा गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ । ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts