Tuesday, April 5, 2016

पचास रुपैयाँमा चाहिएजति बिजुली

सिन्धुली,चैत २४ । राष्ट्रिय प्रसारण लाइनको ओझेलमा छ, सिन्धुलीको अमले गाउँ । तर बत्ती बालेर गाउँ झलमल्ल पार्नेमा भने जिल्लाकै पहिलो बनेको छ । अमेलेका दुई सय २८ घरधुरीले छेलाखेला बिजुली बाल्छन् । राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा यहाँको मरिणखोला लघुजलविद्युत्तले दिएको छ । गाउँमा विवाह, ब्रतबन्ध पर्नेबित्तिकै उनीहरुले त्यो बत्ती खोलेर उज्यालो छर्न सक्छन् । गाउँकै मरिणखोलाबाट २४ किलोवाटको विद्युत्त झन्डै तीन वर्षदेखि निरन्तर बालिरहेका छन् ।

मासिक ५० रुपैयाँ तिरेपछि २४ सैं घन्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितिको १२ लाख र उर्जा विकास कम्पनीको ४२ लाख रुपैयाँ लागतमा बनेको यो लघुजलविद्युत्तले यहाँ बिजुली फालाफाल छ । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts