काठमाडौं,बैशाख ४ । जैविक मार्गको सुरक्षा गर्ने आफ्नै प्रतिवद्धता विपरीत भारतले दसगजा क्षेत्रको खाता जैविक मार्ग अवरुद्धहुने गरी एकतर्फी खाडल खनेको छ । ७८ किलोमिटर सीमाक्षेत्रमा डेढमिटर गहिलो खाडल खन्ने योजनाकासाथ भारतले काम अगिाडि बढाएपछि उक्त मार्ग खतरामा परेको आजको नागरिक दैनिकमा समाचार छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको मूर्तिहा कतरनिया संरक्षित वनबाट जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने वन्यजन्तुको गतिवधि पछिल्लो दिन घटेको संरक्षणकर्मी बताउँछन् ।
जैविक मार्ग क्षेत्रमा भारतले १२ किलोमिटर लामो खाडल खनिसकेको छ । भारतीय पक्षले तस्करहरुले रुख काट्न गाडीसहित आउन थालेकोले खाडन खनेको उत्तर दिदै काम गरिरहेको छ ।
No comments:
Post a Comment