Saturday, April 16, 2016

प्रहरीको कारोबार अब सरकारी बैंकबाटमात्रै

काठमाडौं,बैशाख ५ । नेपाल प्रहरीका सबै कर्मचारीको मासिक तलब-भत्ता सरकारी बैंकबाट मात्र भुक्तानी हुने भएको छ । प्रहरी प्रधान कार्यालयले देशभर कार्यरत अधिकृत तथा जवानहरुको तलब-भत्तालगायत सेवासुविधा वैशाख १ देखि लागू हुनेगरी राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट भुक्तानी हुने गरी नयाँ प्रावधान ल्याउन लागेको आजको कारोबार दैनिकले जनाएको छ ।

हरेक कार्यालयले आफूखुसी खाता संचालन गर्दा कर्मचारीले अनावश्यक झमेला व्यहोर्नुपर्ने निष्कर्श निकाल्दै प्रहरी प्रधान कार्यालयले यससम्बन्धी एकद्वार प्रणाली विकास गर्न लागेको हो । प्रहरी प्रवक्ता डिआईजी माधव प्रसाद जोशी नयाँ प्रावधान छिट्टै लागू हुनेगरी तयारी भइरहेको बताउँछन् । दुवै बैंकले ७५ वटै जिल्लामा एटीएम, ई-बैंकिङ तथा चेक सटहीलगातका सुविधा उपलव्ध गराउँदै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts