Thursday, April 14, 2016

१५ वर्षभित्र ७ लाख किलोमिटर सडक

काठमाडौं,बैशाख ३ । सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार १५ वर्षपछि नेपालमा औसत एक बर्गकिलोमिटर क्षेत्रभित्र पाँच किलोमिटर सडक विस्तार हुनेछ । नेपालभर सडकको कुल लम्बाई ७ लाख ३५ हजार ९ सय ५ किलोमिटर पुग्ने प्रतिवेदनमा उल्लेख छ। हाल देशभर करिब १ लाख किलोमिटर सडक विस्तार भएको छ ।

सडक विस्तारको महत्वाकांक्षी लक्ष्य तयर गरेपनि लागत आवश्इकताबारे भने सरकारले सो प्रतिवेदनमा केही उल्लेख गरेको छैन। अहिले नेपालमा पहुँच र दबाबका भरमा सडक विस्तार भइरहेको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको सो प्रतिवेदनमा अब बन्ने सडकको उपादेयताबारे केही विषय उल्लेख गरिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts