Saturday, April 23, 2016

स्वरेजको चार गोलले बार्सिलोना फेरि शीर्ष स्थानमा

एजेन्सी,बैशाख १२ । लुइस स्वरेजले चार गोलगरेपछि बार्सिलोना फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लुइस स्वारेजको चार गोलको मद्दतमा बार्सिलोनाले १० खेलाडीमा सीमित स्पोर्टिङ डी गिजोनलाई ६–० हराउदै शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि थप पाँच गोल दोस्रो हाफमा भएको हो । स्वारेजले ६३,७४,७७ र ८८ औं मिनेटमा गोल गरे । ८५ औं मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरे । बार्सिलोना ६-० ले विजयी भयो ।

जितपछि शीर्षस्थानको बार्सिलोनाको तीन खेल बाँकी हुँदा ८२ अंक भएको छ । एथ्लेटिको मड्रिडको पनि ८२ अंकनै छ तर गोल अन्तरका आधारमा उ दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–२ ले हराएको रियल मड्रिड ८१ अंकसहित तेस्रो स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts