Sunday, April 3, 2016

संसदीय दलमा उम्मेदवारी दिने पौडेल पक्षको निर्णय,आफूनिकटको गोप्य भेला

काठमाडौं,चैत २१ । कांग्रेस नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि पनि उम्मेदवारी दिने भएका छन् । आइतबार बिहान पौडेल पक्षको गोप्य वैठकपछी संसदीय दलमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रिय सदस्य प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडूलगायतको सहभागिता रहेको aथियो ।

कांग्रेसमा हाल २ सय ७ जना सांसद् रहेका छन् । पौडेलल संसदीय दलको नेतामा उठ्न लागेको यो तेस्रो पटक हो । यसअघि उनी पहिलो संविधानसभाको निर्वाचनपछि भएको मतदानमा शेरबहादुर देउवालाई हराउँदै संसदीय दलको नेता बनेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि भने उनी तत्कालीन सभापति सुशील कोइरालासँगको प्रतिस्पर्धामा पराजित भएका थिए । पक्षको दाबीका कारण देउवा र पौडेलबीच फेरि संसदीय दलको नेतको लागि भीडन्त हुने देखिएको छ । निर्वाचन आगामी चैत २४ गते गर्ने तय गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts