Sunday, April 24, 2016

करोडौंको हिरा र सुन बरामद, सूचना लुकाउन खोज्दै प्रहरी

काठमाडौं,बैशाख १३ । धनगढी बसपार्कस्थित एसएस कलेक्सन सेन्टरको सटरमा लुकाएर राखेको बहुमूल्य हिरा र सुन प्रहरीले बरामद गरेको छ । सूचनाका आधारमा डोटीका शंकर भुललाई नेपालगञ्जबाट पक्राउ गरेपछि उनले लुकाएर राखेको उक्त बहुमुल्य पत्थर धातु बरामद गर्न प्रहरी सफल भएको हो । प्रहरीले उक्त पसलको सटरको कभरमा लुकाएर राखिएको २ पोको हिरा र सुन बरामद गरेको प्रत्यक्षदर्शी व्यापारीले बताएका छन् । प्रहरीले भने यो घटनाबारे केही जानकारी नदिएर गोप्य राख्न खाजेको छ । प्रहरीले शनिबार तयारी मुचुल्कामा ४ स्थानीय व्यापारीलाई हस्ताक्षर गराएको थियो ।

करिब ६ इन्च चौडाइ र ६ इन्च लम्बाइ भएका २ पोका प्रहरीले बरामद गरेको हो,’ मुचुल्कामा हस्ताक्षर गर्ने छिमेकी पसलका व्यापारी जनक पुजाराले बताए । प्रहरीले पोका फुकाएर सबै सामान नदेखाएको ती व्यापारीले बताए । मुचुल्कामा सेतो पत्थर, पहेलो धातु, चुरा २ थान, सिक्री औँठीलगायतका साभाग्री लेखिएको पुजाराले बताए । हस्ताक्षर गर्ने अर्का व्यापारी गोपाल पौडेलले स्थानीय एक व्यक्तिले ती सामाग्रीको मोबाइलले खिचेको फोटा मेटाउनलन लगाएको बताए । एकिन नभएपनि करिब ८० करोड रुपैयाँबराबरको हिरा सुन प्रहरीले फेला पारेर लगेको स्थानिय व्यापारीले बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts