काठमाडौं,चैत २० । भूकम्पपीडितलाई संघसंस्थाहरुले गरेको सहयोगको अनुगमन गर्न मार्मिङ गाउँ विकास समितस्थित त्याङथली पुगेका प्रमुख जिल्ला अधिकारी गाकर्णमणि दुवाडी गाउँमा एउटा दृश्य देखेपछि आश्चर्य चकित बने । मानिसभन्दा पशुका लागि राम्रो देखेपछि उनी अचम्मित भएका अाजको राजधानी दैनिकमा समाचार छ ।
संघसंस्थाले भूकम्प लगत्तै निर्माण गरिदिएको अस्थायी टहरामा बाख्रा बाँधिएको थियो । बेलुकी बाख्रा राख्नको लागि व्यवस्थित नै थियो । बाहिर भने ब्ल्यांकेटले बारेर बाख्रालाई हावाहुरीबाट जोगाइएको थियो ।
जस्ताको अस्थाई टहरामा बाख्रालाई जोगाउन ब्ल्यांकेटले बारेको मात्रै होइन, नजिकै रहेको मान्छेलाई बस्न निर्माण गरिएको अस्थायी टहरोमा भने गुन्द्रीले बारिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अधिकारी र संघसंस्थाको प्रतिनिधि तयस्ता दृश्य देखेपछि छक्क पर्यो । स्थानी भने भन्दै थिए, सरकार र संघसंस्थाले हामीलाई सहयोग गरेनन् बरु प्रचार मात्र गरे ।संघसंस्थाले आफूखुसी त्रिपाल, जस्ता, ब्ल्यांकेट लगायतका राहत समाग्री वितरण गर्दा कतै समानको दुरुपयोग भएकेा छ भने कतै भूकम्पपीडितको स्थिति नाजुक बनेको छ ।
No comments:
Post a Comment