Saturday, April 23, 2016

ओलीले सत्ता सम्हालेको एक वर्ष नपुग्दै भोज भतेरमै सके तीन करोड

काठमाडौं,बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च ‘विविध शीर्षक’ का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो ।

प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मान्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ। अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई निकासा दिएको हो। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री बनेपछि ओलीले विभिन्न निहुँमा पटक पटक गरी आधा दर्जनभन्दा धेरै पार्टी दिएका छन्। अनावश्यक भोजभतेर नगरेको भए सुरुमै दिएको बजेटले पुग्ने ती अधिकारीले जानकारी दिए।

ओलीले भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुक असहज परिस्थितिनमा भवएका बेला प्रधानमन्त्री बनेका थिए । प्रधानमनत्री भएको केही दिनभित्रै उनले दिएको पार्टीलाई लिएर सर्वत्र आलोचना भएपछि उक्त पार्टी ओलीकै व्यक्तिगत खर्चमा भएको सार्वजनिक गरिएको थियो ।

उक्त पार्टीको बिल पनि सरकारले नै तिरेको ती अधिकारीले जानकारी दिए। उनका अनुसार बालुवाटारमा हुने प्रत्येक पार्टीमा ५ देखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts