Sunday, April 17, 2016

१३ स्रष्टा सम्मानित, पाँच पुस्तक एकैपटक लोर्कापण

काठमाडौं । साहित्य संवद्र्धन केन्द्रले विभिन्न विधाका १३ जना स्रष्टासर्जकलाइ सम्मानित गरेको छ । काठमाण्डौमा शुक्रबार साहित्य दिवसको सन्दर्भमा आयोजित स्रष्टा सम्मान तथा पुस्तक विमोचनका क्रममा केन्द्रले उनीहरुलाइ सम्मान गरेको हो । केन्द्रले बसन्तराधा पद्यकाव्य पुरस्कारबाट साहित्यकार लक्ष्मीप्रसाद कोइराला,हेमकुमारी – दिवाकर समाजसेवा सम्मानबाट त्रिफला राष्ट्रिय पुस्तकालय झापालाइ सम्मान गरेको छ । त्यस्तै साहित्य संवद्र्धन द्रष्टा सम्मान मोहनराज शर्मालाइ प्रदान गरिएको छ भने हरिहर शाष्त्री–सावित्रीदेवी साहित्य पुरस्कारबाट कुन्ता शर्मा सम्मानित हुनुभएको छ ।

त्यसैगरी विश्वज्योती सेवा सम्मानबाट सत्य उद्यान ललितपुर,शारदादेवी सिर्जना पुरस्कारबाट गीता केशरी,राधिका – पदम – दुर्गा पुरस्कारबाट प्राध्यापक डाक्टर टिकाराम अधिकारी तथा बैजयन्ती स्रष्टा सम्मानबाट साहित्यकारहरु मेनुका पौडेल,कृष्ण बजगाईँ,धिर कुमार श्रेष्ठ,राम कार्की कोने,प्राध्यापक डाक्टर कृष्ण प्रसाद दाहाल र मुकुन्द चालिसे सम्मानित हुनुभएको छ । सोहि कार्यक्रममा ५ वटा साहित्यिक कृति लोकार्पण गरिएको छ ।

जसमा साहित्यकार विपुल सिजापतिको उपन्यास मान्छे भएर मरेको मान्छे, साहित्य संवद्र्धन केन्द्रद्वारा २०७१ मा वर्षभरि प्रकाशित पुस्तकहरूको अभिलेखन ग्रन्थ साहित्य वर्ष पुस्तक, पं गोविन्दप्रसाद दाहाल लिखित विनयकुमार शर्मा नेपालद्वारा सम्पादित ज्ञान विज्ञान, जगदीश लामिछाने लिखित समय समयका कुरा, हरि थापाको मेरो माटोसँग पुस्तक लोकार्पण गरिएको छ । कार्यक्रममा साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९४ औ जन्मदिन मनाइएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts