आत्मघाती आक्रमणकारीहरूले हमला गरेको १२ दिनपछि ब्रसेल्स एयरपोर्ट कडा सुरक्षाबीच ३ ‘सांकेतिक’ उडानका लागि आइतबार खुल्यो ।
ब्रसेल्स एयरलाइन्सका ती उडान युरोपेली गन्तव्यका लागि थिए । पहिलो उडान बिहान ११:४० मा पोर्चुगलको फारोका लागि थियो । यात्रुहरूलाई पहुँच मार्गमै सुरक्षा जाँच गरिएको थियो । प्रस्थान कक्षमा छिर्नुअघि फेरि पनि जाँच गरियो । एयरपोर्टका कर्मचारीहरूले जाभेनटममा जम्मा भई पहिलो उडानको दृश्यावलोकन गरेका थिए ।
बाँकी दुई उडान चाहिँ इटालीको टुरिन र एथेन्सका लागि थिए । एथेन्सका लागि उडेको विमानका यात्रु लौकास बासौकोसले एएफपीसँग कुरा गर्दै ‘अलिकता अनौठो’ अनुभव भएको बताए । ‘यहाँ थुप्रै मानिसको मृत्यु भयो । तर हामीलाई लाग्छ हामी यो पीडालाई जित्न सक्छौं । मेरो विचारमा हामीले अब विस्तारै सुरक्षा नियन्त्रणलाई विश्वास गर्नैपर्ने हुन्छ,’ उनले भने ।
एयरपोर्टका प्रमुख कार्यकारी आर्नौड फेस्टले भने, ‘यी उडानहरू कायरतापूर्ण आक्रमण विरुद्धको पहिलो आशावादी संकेत हो ।’ ब्रसेल्स एयरलाइन्सले एयरपोर्ट बन्द हुँदा आफूलाई दैनिक ६० करोड रुपैयाँभन्दा बढीको घाटा भइरहेको दाबी गरेको छ ।
प्रहरीले सुरक्षा व्यवस्था कडा नपारिए कामै नगर्ने धम्की दिएपछि सरकारले उच्चस्तरीय सुरक्षा प्रबन्ध गर्न बाध्य भएको हो । यात्रुहरूलाई प्रस्थान समयभन्दा ३ घण्टाअघि आउन भनिएको थियो । उनीहरूलाई कार वा ट्याक्सीबाट मात्र आउन दिइयो । बस र ट्रेनका लागि अझै पनि टर्मिनल बन्दै छ ।
नयाँ सुरक्षा प्रबन्धअनुसार अस्थायी प्रस्थान कक्षमा जाने सवारी तथा व्यक्तिलाई एयरपोर्ट एरियामा छिर्दादेखि नै निगरानीमा राख्ने, विशेष क्यामेराले नम्बर प्लेट चेक गर्ने, प्रस्थानकक्षको ढोकामा कडा जाँच, गैरयात्रुलाई छिर्नै नदिनेलगायत व्यवस्था गरिएको
Source : ekantipur.com
No comments:
Post a Comment