Thursday, April 14, 2016

मोदीसँग हात मिलाउँदा विलियमको यो हालत

एजेन्सी,बैशाख २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउँदा बेलायती राजकुमार विलिमको हातमा दाग नै बस्न पुगेको छ । चिनियाँ मिडिया पिपल्स डेली चाइनाले मोदीले हात मिलाउँदा विलियमको हातमा छाप बसेको दृष्य सार्वजनिक गरेपछि यो तस्विर भाइरल बनेको हो । प्रधानमन्त्री मोदीले बेलायती राजकुमार विलियमसँग हात मिलाएपछिको एउटा तस्बिर केही समययता सामाजिक सञ्जालमा भाइरल भइहरँदा मोदीको मजाक उडाउने क्रम पनि बढेको छ ।

पिपुल्स डेली चाइनाले भारतीय प्रम मोदीको हात मिलाउने तरिका सबैभन्दा बलियो भन्दै ट्वीट गरेको छ । मोदीसँग मिलाएलगत्तै खिचिएको तस्बिरमा विलियमको दाहिने हातमा सेतो छाप नै प्रष्टसँग बसेको देख्न सकिन्छ । राजकुमार विलियम र राजकुमारी क्याथरिनको सम्मानमा प्रधानमन्त्री मोदीले मंगलबार दिल्लीको हैदराबाद हाउसमा दिवाभोजको आयोजना गरेका थिए । यसै क्रममा मोदीले राजकुमार विलियम र क्याथरिनसँग उभिएर तस्बिर खिचाएका थिए । बेलायती शाही परिवारका सदस्य विलियम र उनकी पत्नी आफ्नो पहिलो भ्रमणका क्रममा १० अप्रिलमा भारत आएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts