Friday, April 15, 2016

अक्सिजन विना भू–समाधिमा बसेका सिद्धबाबा बाहिर निस्किए

पोखरा, वैशाख ३ । विना अक्सिजन भू–समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको आज समाधी पुरा जीवितै निस्किएका छन् । भएको छ । गत चैत २६ गते शुक्रबारदेखि पोखराको रामघाटस्थित नरनारायण स्थानमा बसेका उनलार्इ वैशाख ३ गते शुक्रबार बन्द बाकसबाट निकालिएको छ । समाधीबाट बाहिर आउँदा अचेत अवस्थामा रहेका बाबाको अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
भू–समाधिमा बस्नुअघि पत्रकारसँग कुरा गर्दै गुरु सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू समाधिमा बस्न लागेको बताएका थिए । समाधिका लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस तयार पारिएको थियो, जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ वटा साँचो लगाइएको थियो । बाकस खोलिएको दृश्य हेर्न त्यहाँ हजारौं पोखरेलीको उपस्थिति रहेको थियो । उक्त दृश्य देख्न मिल्ने गरी प्रोजेक्टरबाट देखाइएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts