Saturday, April 16, 2016

देउवाले तत्काल पदाधिकारी र सदस्य मनोनयन नगर्ने

काठमाडौं,बैशाख ५ । कांग्रेस सभापति शेरवहादुर देउवाले उपसभापतिसहित तीन पदाधिकारी र चौध केन्द्रीय सदस्यको मनोनयन तत्काल नगर्ने भएका छन्। भारतबाट फर्केपछि मात्रै मनोनयनबारे छलफल हुने देउवा निकट एक केन्द्रीय सदस्यले बताए। देउवा वैशाख ६ गते श्रीमती एवं सांसद आरजु राणाको उपचारका क्रममा भारत जाँदैछन्। भारतमा रहँदा उनले भारतीइ नेताहरुसँग् राजनीतिक भेटघाटसमेत गर्नेछन्।

केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का र विमलेन्द्र निधिमध्ये कसलाई उपसभापति बनाउने भन्ने निर्णय लिन कठिनाइ परेकै कारण देउवाले तत्काल पदाधिकारी मनोनयन नगर्ने भएका हुन्। देउवा स्वयं र उनी समूहका अधिकांश नेताहरु निधिलाई उपसभापतिमा मनोनयन गर्नुपर्ने अडानमा छन्।

भ्रष्टाचार प्रमाणित भई जेल जरिवानासमेत भोगिसकेका नेता खड्कालाई उपसभापति बनाउँदा नकारात्मक सन्देश जाने भन्दै निधिलाई बनाउनु पर्ने दबाद देउवा निकटहरुकै छ।

तर देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खड्का उपसभापति पाउनु पर्ने लबिङमा छन्। विधानअनुसार एक उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रस्ताव गर्न देउवाले पाउँछन्। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts