Sunday, April 3, 2016

एकीकरण बहसले वैद्य नेतृत्वको माओवादी पुनःविभाजनको संघारमा

काठमाडौं,चैत २२ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र एमाओवादीसित पार्टी एकीकरण गर्ने बहसले पुनः विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष मोहन वैद्यले एकताको पक्षमा ठोस निर्णय नलिए महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले एकताको बाटो समात्ने तयारी गरेसँगै वैद्य माओवादी फुट नजि पुगेको हो ।

बैठकभित्रै यसबारे विवाद भएपछि वैद्यले आइतबार दुई दिन बैठक स्थगित गरेका छन् । गत चैत्र १२ गतेदेखि जारी केन्द्रीय समिति वैठकमा एकतालाई आधार बनाएर अध्यक्ष वैद्य, महासचिव थापाले भिन्दा–भिन्दै प्रस्ताव पेश गरेका छन् । त्यसबाहेक कुलबहादुर केसी र लेखनाथ न्यौपानेले पनि आफ्नो प्रस्ताव छलफलका लागि भन्दै केन्द्रीय कार्यलयमा दर्ता गराएका छन् ।

प्रस्तावमाथि केन्द्रीय सदस्यहरुको बोल्नेक्रम चैत्र २१ गते सकिएको छ । अव शीर्ष नेताहरुवीच दुई दिन छलफल भएपछि पुन २४ गते केन्द्रीय समिति वैठक बस्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts