Wednesday, April 20, 2016

वदयवन न मओवद एकतक तयरक-क आउदछन एकतम ?

काठमाडौं,बैशाख ९ । एमाओवादीसँग पार्टी एकता गर्ने विषयमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र विवाद चुलिएको छ । वैचारिक मतभेद अन्त्य गरेर एकता प्रक्रियामा जाने वा मतभेदलाई संयुक्त महाधिवेशनमा लगेर छलफल गरी टुंग्याउने भन्नेमा अध्यक्ष वैद्य र संगठन विभाग प्रमुख रामवहादुर थापा बादलबीच ठूलो मतभेद छ ।
वैद्य पहिले राजनीतिक मतभेद समाधान हुनु पर्ने पक्षमा छन् । बादल भने पार्टी एकता संयोजन समिति बनाएर तत्काल एकतामा जाने र विवादित विषय संयुक्त महाधिवेशनमा लगेर टुंग्याउनु पर्ने पक्षमा छन् ।
सोही विवादले एकताबारे निर्णय लिन बसेको केन्द्रीय समिति बैठक नै अनिर्णीत बनेको छ । वैद्य तयार नभए पनि बादलसहितका नेताहरु एकताको तयारीमा छन् ।
एमाओवादीसँग एकताका लागि अनिच्छुक देखिएका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ ढैगले नयाँ धारको पार्टी चलाइरहेको बताएका छन् । बादल लगायतका नेपालाई अब पार्टीमा अड्याउन नसकिने वैद्यको निष्कर्ष छ ।

को-को आउँदैछन् एकतामा ?
क्रान्तिकारी माओवादी सँगै अन्य विभाजित माओवादी पनि एकता प्रक्रियामा सामेल हुने तयारीमा रहेका छन् । मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी , मातृका यादव नेतृत्वका नेकपा – माओवादी) नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही नेता र निश्क्रिय बसिरहेकी जयपुरी घर्ती , कुमार दाहल लागाएतका नेताहरु पनि एकता प्रक्रियमा सहभागि हुने तयारीमा छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts