Sunday, April 17, 2016

लागुपदार्थसहित एक युवक पक्राउ

मोरङ,बैशाख ५ । मोरङको बिराटनगरबाट लागु पदार्थसहित एक युवक पक्राउ परेका छन्। लागुपदार्थ जन्य ईन्जेक्सनसहित मोरङ बेलबारी ३ का २५ वर्षिय चक्र बहादुर गुरुङ शनिबार पक्राउ परेका हुन्। भारतको जोगबनी बजारबाट आउदै गरेका गुरुङलाई लागुऔषध नियन्त्रण ईकाई बिराटनगरबाट खटिएको प्रहरी टोलीले सांझ ६ बजे बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाटबाट पक्राउ गरेको हो।
उनको साथबाट १० एम्पुल एभिल, १० एम्पुल लुपिजेसिक, र ५ एम्पुल फेनारगन बरामद भएको छ। उनलाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखीएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts