Friday, April 1, 2016

बलात्कार आरोपित पक्राउ

३५ दिनदेखि बलात्कार गरी फरार रहेका बलात्कार अभियोगी धरान–२७ का सुजन माझीलाई प्रहरीले पक्राउ गरेको छ।

गाउँकै एक दलित बालिकालाई बलात्कार गरेर फरार रहेका २५ वर्षीय माझीलाई प्रहरीले सोमबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानले मंगलबारै म्याद थप गर्दै आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।

करिव ६ वर्षअघि पनि एक महिलामाथि बलात्कार तथा सुन लुटपाट गरेर गाउँमै मिलापत्र गरेका माझी यसपटक भने प्रहरीबाट उम्किन सकेनन्। डिएसपी ढकेन्द्र खतिवडाले जबर्जस्ती करण उद्योगमा कारबाही गरिने बताए।

मुलुकी ऐन जबर्जस्ती करणी महलको धारा १४ अनुसार १६ वर्ष भन्दा मुनीको बच्चीलाई बलात्कार गरेमा ८ देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। साथै, पीडित बच्चीलाई अंशबाट आधा अंश दिनु पर्ने प्रावधान छ।

‘माझीलाई जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ।’ डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘आवश्यक अनुसन्धान भइरहेको छ।’ यता पीडित परिवार पीडक माझी पक्राउ गरेलगत्तै खुसीको सास फेरेका छन्। ‘हाम्रो बच्चीले अब न्याय पाउने भइन्,’ पीडितकी ठूली आमाले भनिन्।

Source ; setopati.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts