Sunday, April 24, 2016

लोकमान सिंहको सम्पत्ति विवरण सार्वजनिककाे माग गर्दै निवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अर्काे निवेदन पेश भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान, नेपालका सुमन श्रेष्ठले यसअघि दिएको निवदेनमा कार्बाही नभएको भन्दै फेरि अख्तियारमै निवेदन दिएका हुन् । तीन साताअघि दिएको निवेदनको सुनुवाई नभएपछि १२ वैशाखमा फेरि अर्काे निवेदन दर्ता गरेका छन् ।

निवेदन दर्ता भएपछि श्रेष्ठले प्रेस विज्ञप्ती सार्वजनिक गरेका छन् । विज्ञप्तीमा उनले तीन हप्तासम्म पनि कार्बाही नभएकाले फेरि अर्काे निवेदन दिएको उल्लेख गरेका छन् ।

कार्बाही नहुनुले कार्कीको चरित्रमाथि गम्भीर शंका पैदा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा उल्लेख गरिएको छ, “नेपालमा दिन प्रतिदिन भ्रंष्टाचार र बेथितिले जरा गाडिरहेको छ तर, भ्रष्टाचार निवारणको लागि स्थापित संस्था आफैंमा दिन प्रतिदिन अपारदर्शी र गैह्र जिम्मेवार तवरले चल्न रतथा आफ्नो कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्दै विवादमा परिरहनु हामी सर्वसाधरण नागरिकको लागि चिन्ताको विषय हो ।”

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts