Tuesday, March 8, 2016

आइओसीले नयाँ मूल्यसूची पठाए पनि महंगोमा तेल बेच्दै आयल निगम

काठमाडौं,फागुन २६ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटे पनि नेपाली उपभोक्ता महँगो मूल्य नै तिर्न बाध्य भइरहेका छन् । इन्डियन आयल कर्पोरेसनले जनवरी १५ यता ५ वटा नयाँ मूल्यसूची पठाए पनि निगमले भने भाउ घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा आईओसीबाट नेपाललाई इन्धन सस्तो परे पनि निगमले भने २ महिनाअघिकै मूल्य उपभोक्ताबाट असुलिरहेको छ । आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । आईओसीले जनवरी १५,३० फेब्रुअरी १, १५ तथा मार्च १ को समेत मूल्यसूची पठाइसकेको छ । १ सातापछि मूल्य घटाउन कुनै छलफलसमेत गरेको छैन । ग्यासबाहेकका सबै इन्धनको भाउ घटेर आएको छ । यस अघि पनि भारतमा तेलको मूल्य धेरै घट्दा पनि निगमले घटाउने गरेको थिएन । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts