Thursday, March 10, 2016

चीनले सोध्यो-‘केपी ओलीलाई लिन कत्रो विमान पठाऊ ?’

काठमाडौं,फागुन २८ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएको छ। चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् कत्रो विमान पठाउँ ? प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको ५ दिने औपचारिक भ्रमण गर्दैछन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts