Sunday, March 6, 2016

कता ढल्केलान् सिटौला,मिल्ला त पौडेललाई राहत ?

काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा बरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो भए पनि आवश्यक बहुमत पुर्याउन सकेनन्। उनलाई विधानमा भएको आवश्यक बहुमत पुर्याउनको लागि ११ मत पुगेन।

देउवाले ४९.६८ प्रतिशत ल्याए भने अर्का प्रत्यासि कार्यवाहक सभापति रामचन्द्र पौडेलले ३६. ८४ प्रतिशत र महामन्त्री कृष्ण सिटौलाले १०. २९ प्रतिशत प्राप्त गरे भने १ सय मत बदर भए। आवश्यक बहुमत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच हुने छ। दोस्रो चरणको निर्वाचन पनि रोमाञ्चक हुने देखिन्छ। १०.२९ प्रतिशत सिटौलाका मत कसको पक्षमा जान्छन् भन्ने कुराले निर्वाचन निर्णायक हुने छ।

संस्थापन खेमाबाटै पौडेल र सिटौला दुई उम्मेद्वार खडा भए पछि पौडेललाई सुरु देखिनै चुनौति थपिएको थियो। तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालासँग समेत सभापतिमा भिडेका देउवा भने यो पटक जसरी पनि आफ्नो पक्षमा पासा पल्ट्याउने दाउका साथ अघि बढेका नागरिक दैनिकमा समाचार छ ।

मत गणनाको सुरु देखिनै अग्रता लिएका देउवालाई अन्तिममा पौडेल र सिटौलाले थोरै मात्रामा बढाएको मतले नै ५० प्रतिशत भन्दा बढि पार गर्न दउवालाई ब्रेक लगाइदियो। दोस्रो चरणको निर्वाचनको लागि केहि घण्टा बाँकी रहँदा नेपालको राजनीतिमा मध्यस्तताको भूमिकामा पटक पटक देखिएका सिटौला कांग्रेसको आन्तरिक राजनीतिमा ‘किङ मेकर’ बनेका छन्। उनको समर्थनले दोस्रो चरणको निर्वाचन निर्णायक बन्ने छ।

सभापतिको निर्वाचन दोस्रो चरणमा गए पछि पौडेललाई केही राहत भने मिलेको छ। दोस्रो निर्वाचनसँगै सभापतिको कुर्सीमा पुग्न देउवाले ठूलै मेहनत गर्नु पर्ने जानकारहरुको बुझाई छ। सिटौलाले संस्थापनकै भोट काटेकाले ति आफ्नै पोल्टामा आउने विश्वासमा पौडेल छन्। तर सिटौलाको अन्तिम भूमिका के हुन्छ त्यो हेर्न बाँकी नै छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts