Thursday, March 10, 2016

लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी,फागुन २८ । युरोपा लिग फुटबल प्रतियोगिता लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई २–० ले हराएको छ ।  गएराति भएको खेलमा युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत प्रि क्वाटरफाइनल पहिलो लेगमा पराजित भएसँगै म्यानचेस्टर युनाइटेडलाई दवाब परेको छ ।
खेलमा लिभरपुललाई विजयी गराउन ड्यानिएल स्टरिज र फर्मिनोले एक–एक गोल गरे । जितसँगै लिभरपुलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने म्यानचेस्टर युनाईटेड दबाबमा आएको छ ।

युरोपा लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा जर्मनीको बोरुसिया डर्टमण्डले इङ्ल्यान्डको टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदा स्पेनको एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई १–० ले पराजित ग¥यो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts