Friday, March 11, 2016

महिला केन्द्रीय सदस्यमा कसलाई कति मत ?

काठमाडौं,फागुन २८ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यको २ सय मत गणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। यो समूहबाट ६ उम्मेदवार निर्वाचित हुनेछन्।सय मत गन्दा कमला पन्त ८२, अम्विका बस्नेत ६७, इश्वरी न्यौपाने ६२, डा। डिला संग्रौला ७७, रिता खनाल ६१, प्रमिला र्राई ६१, रुक्मिणी कोइराला ६१ र सरिता प्रसाई ६४ रहेको छ। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा विहिबार साँझ सम्म खुला तर्फ ४ सय मत गणना भएको छ। यस्तै, शुक्रबार (आज)बाट दलित, मधेसी, जनजाती, महिलातर्फको भिन्दा भिन्दै ५ स्थानमा मतगणना सुरु भएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts