Monday, March 21, 2016

संसदीय दलको नेतामा फेरि देउवा र पौडेलबीच प्रतिस्पर्धा

काठमाडौं,चैत ९ ।  नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।

पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन्। १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन्। नागरिक दैनिकमा समाचार छ।

सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन्। सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन्।

तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts