Monday, March 14, 2016

कांग्रेस केन्द्रीय समितिमा देउवालाई स्पष्ट वहुमत ,देउवाका ३६, पौडेल समुहका २८ जना विजयी

काठमाडौं,चैत १ ।  नेपाली काँग्रेसको १३औं महाधिवेशनमा ६४ पदका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। प्रदेशको परिणाम सार्वजनिक भएपछि काँग्रेसको सम्पूर्ण मतगणना सकिएको छ। ९ दिन लगाएर काँग्रेसले आफ्नो ६४ पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना गरेको हो।

मतगणनाको अन्तमि नतिजा अनुसारदेउवा समुहले स्पष्ट वहुमत हासिल गरेको छ। खुल्लातर्फ केन्द्रिय सदस्यको मत परिणाम अनुसार नेपाली काँग्रेसमा देउवा पक्षले १४ सिट जित्दा पौडेल समुहले ११ सिटमा विजयी भएको छ। शेरबहादुर देउवा सभापति निर्वाचित हुँदा खुल्लातर्फ उनकै बहुमत सदस्य निर्वाचित भएका छन्। खुलामा २५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवाकै बर्चश्व रहयो। यद्यपि, महामन्त्री र कोषाध्यक्षमा भने रामचन्द्र पौडेल समूहका डा. सशांक कोइराला र सीतादेवी यादव विजयी भए।

उता, आरक्षण तर्फ २२ जना केन्द्रीय सदस्यहरुमा १४ जना देउवा पक्षका रहे। आरक्षणको महिला, दलित, आदिवासी जनजाती, मधेसी र मुस्लिमको नतिजा अनुसार सभापति शेरबहादुर देउवा पक्षका १४ जना र सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका ८ जना निर्वाचित भए।

प्रदेशको १४ मा भने देउवा पक्षका सात जनाले जितेका छन् भने पौडेल पक्षका पनि ७ जनाले जितेका छन्। ६४ जनाको निर्वाचित केन्द्रीय समितिमा देउवा आफू सहित ३६ जनालाई लिएर पुगेका छन्। पौडेल पक्षमा भने २ जना पदाधिकारी र २६ जना केन्द्रीय सदस्य सहित २८ जना पुगेका छन्।

साभार: हाम्राकुरा डटकम

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts