एजेन्सी,चैत ६ । रुसमा यात्रुबाहक बिमान दुर्घटनामा परेको छ । रुसी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार ७ जना बिमानका पाइलट र एयर होस्टेस र ५५ यात्रुको बिमान दुर्घटनामा परि मृत्यु भएको छ । दुबइबाट रुसका लागि उडेको विमान दुर्घटनामा परि बिमानमा रहेका सबै ६२ जनाको मृत्यु भएको फ्लाई दुवई एयरलाइन्सले पुष्टि गरेको छ । फ्लाइ दुबइ बिमान बोइङ ७३८ रसियाको रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको थियो । विमान दुर्घटना’भिजिविलिटी’ कम भएका कारण भएको अनुमान गरिएको छ ।
विमान दुर्घटना भएसँगै १०० भन्दा धेरै उद्धारकर्मीहरुले आगो नियन्त्रणमा लिएका थिए । तर आगो नियन्त्रणमा लिन सफल भएपनि बिमानमा रहेका कुनैपनि यात्रुलाई जिबितै उद्दार गर्न नसकिएको रुसी अधिकारीहरुले बताएका छन् ।
बिमान अवतरणका क्रममा धावन मार्गमा धस्सिन पुग्दा टुक्रा टुक्रा भएर आगोलाग्न थालेको थियो । सन् २००९ बाट उडान भर्न थालेको बिमानमा यसअघि कुनैपनि खराबी नआएको बिमान कम्पनीले बताएको छ ।
फ्लाई दुवईका अधिकारीहरुले दुखद बिमान दुर्घटनामा बिमानमा रहेका सबै यात्रुको निधन भएकोमा दुख प्रकट गर्दै घटनाको अनुसन्धान थालेको बताएका छन् । रुसी अधिकारीहरुलाई उदृत गर्दै अलजजिरा अनलाईनले उल्लेख गरे अनुसार बिमान पहिलो पटक अवतरण गर्ने प्रयास असफल भएपछि दुई घण्टापछि पुन अवतरणको प्रयास गर्दा बिमान दुर्घटना भएको हो ।
रसियन अधिकारीहरुलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार बिमान धावनमार्गको मात्र २ सय ५० मिटर गुडेपछि टुक्रा टुक्रा भएर आगोलाग्न थालेको थियो ।
No comments:
Post a Comment