Tuesday, March 29, 2016

मधेस अान्दोलनका मागलार्इ सहमतिबाटै टुंग्याउनुपर्छ: भट्टराई

नेपालगन्ज,चैत १७ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। बाँकेको नेपालगन्जमा बुधवार अायोजित पत्रकार सम्मेलनमा उनले भने,’संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ।’ पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्ने बताए।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले अाफ्नो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने बताए।

संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्ने बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts