Tuesday, March 29, 2016

एमाले स्थायी समिति बैठकमा दुई पक्षका नेताबीच चर्काचर्की

काठमाडौं,चैत १७ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट स्थायी समिति सदस्य सुरेन्ऽ पाण्डेलगायतले अध्यक्ष ओलीले गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका थिए। पार्टी चलाउने जिम्मा पाएपनि अध्यक्षले गुटमात्र चलाएको भन्दै सचिव भट्टराईले आलोचना गरेका आजको अन्नपूर्णमा समाचार छ ।
उपमहासचिव भुसालले सत्ता र शक्तिको दुरुपयोग गरेर गुट भेला गरेको भन्दै आपत्ति जनाएको स्रोतले जानकारी दियो । मदन भण्डारी प्रतिष्ठानका नाउँमा हालै राजधानीमा भएको भेलाप्रति पनि उनले असन्तुष्टि जनाए।
सबैको आलोचना सुनेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली निकै कडि्कएका थिए । उनले आफूलाई असफल पार्न प्रयास गर्नेहरुले नै गुटबन्दी गरेको आरोप लगाएका थिए ।
‘मैले त पार्टीका विभाग पनि उहिल्यै बनाऔं भनेको थिएँ तर तपाइहरु अनेक बखेडा झिकेर बनाउन दिनुहुन्न । ओलीले एक वर्र्षमा पनि गठन गर्न सकेन भनेर असफल बनाउन प्रयास गर्ने तपाईहरु नै हो , ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts