Friday, March 4, 2016

कांग्रेस महाधिवेशनमा नेतृत्व चयनकै रौनक, नीतिगत बहसमा उदासीन

काठमाडौं,फागुन २२ ।  औपचारिक उद्घाटनअगाबै चुनावी कार्यक्रम सुरु गर्दा कांग्रेस महाधिवेशनमा पार्टीको मूख्य नीति तथा कार्यक्रम, सांगठनिक संरचना, कार्यशैली र आर्थिक विषयसम्बन्धी छलफल ओझेलमा परेको छ।

महाधिवेशनको दोस्रो दिन शुक्रवार बन्दसत्रमा तीनवटा प्रतिवेदन पेस भए। तर हलमा प्रतिवेदन प्रस्तुत भइरहँदा अधिकांश नेता तथा प्रतिनिधि बाहिर आफ्नो व्यक्तिगत र प्यानलको चुनावी प्रचारमा व्यस्त थिए। पाँच वर्षसम्म पार्टीलाई कसरी अघि बढाउने भन्ने मूख्य नीति तय गर्ने थलोमा हुने छलफलमा महाधिवेशन प्रतिनिधिको मूख्य चासो हुनु पर्ने हो। तर नेतृत्व चयनमा जति रौनक देखियो, नीतिगत बहसमा त्यत्ति नै उदासीनता।

बिहीवार दिउँसो खुल्लामञ्चमा औपचारिक उद्घाटन सुरु हुनुअघि नै पार्टी कार्यालयमा उम्मेदवारी मनोनयन खुला गरिएको थियो। बन्दसत्र सुरु हुनुअघि नै मनोनयन दर्ता गरिसम्ने समयसीमा राखिएका कारण तीनवटै प्यानल उम्मेदवारी दर्ता गरेर शुक्रवार महाधिवेशन स्थल भृकुटीमण्डप आएका थिए। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts